प्रधानमन्त्री ओलीले गरे फिल्म ‘नमेटिने घाउ’को आफ्नो दृश्यको डबिङ

प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म ‘नमेटिने घाउ’ मा आफुले गरेको अभिनयको डबिङ गरेका छन् ।

शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर ओलीले फिल्मको आफुले अभिनय गरेको संवादको डबिङ गरेका हुन् ।

अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित फिल्म ‘नमेटिने घाउ’ मा प्रधानमन्त्री ओलीसहित  पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ । 

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको बास्तविक जीवनीमा आधारित छ । फिल्ममा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाईएको छ ।

फिल्ममा शिवम् अधिकारीको कथा रहेको छ । उनले साढे दुई वर्ष लगाएर पटकथा लेखेका हुन् ।

रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरुको अभिनय रहेको छ।

फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देबकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया,स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ ।

यस फिल्ममा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुगेल, प्रहरी निरीक्षक जे, आर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘नमेटिने घाउ’मार्फत  सासॅदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।

निरज कंडेलको छायांकन ,बनिश शाहको सम्पादन ,ओम सुनारको संगीत र किरण ढकालको एक्शन फिल्ममा रहेको छ ।


ताजा खबर