अभिनेत्री अरुणिमाले गरिन् दोस्रो विवाह

अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । उनले धरान चतरा घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् ।

बत्तीसपुतलीको राम मन्दिरमा उनीहरूबीच विवाह सम्पन्न भएको हो । बिहेमा परिवार र निकट आफन्तको उपस्थिति थिए।

अमेरिकामा बस्दै आएकी अरुणिमा करिब एक महिनाअगि स्वदेश फिर्ता भएकी थिइन् । विवाहपश्चात उनी अमेरिका फर्किने छिन् ।

अरुणिमाको यो दोस्रो विवाह हो । यसअघि विराटनगरका अमित अर्यालसँग उनको प्रेम विवाह भएको थियो ।

विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरी पाएकी अरुणिमा अमेरिका पुगेसँगै सम्बन्ध विच्छेद भएको थियो ।


ताजा खबर