छायांकनमा निस्कियो ‘होस्टेल ३’, पारस र सिम्रनले दिए मुहूर्त सट

‘होस्टेल ३’को छायाकंन सुरु भएको छ। आइतबार ललितपुरको कार्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन काठमाडौंको बोडेबाट सुरु गरिएको हो ।

मुहूर्त सट फिल्मका मुख्य कलाकार पारस बम र सिम्रन पन्तले दिएका थिए ।

बोडेमा फिल्मको पहिलो चरणको छायांकन २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायांकनन सुरु गरिने निर्देशक सशान कँडेलले बताए ।

‘होस्टेल ३’मा पारस बम (कुल ब्वाय), रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

फिल्ममा अभिनेता आर्यन सिग्देल होस्टेलको वार्डेन र अभिनेत्री परीक्षा लिम्बु विशेष भूमिका देखिनेछन् । आइतबार आयोजित मुहूर्त समारोहमा आर्यन र परीक्षा बाहेक फिल्मका अन्य सबै कलाकारहरूको उपस्थिति रहेको थियो ।

फिल्म सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ । फिल्मको पटकथा तथा संवाद माधव शर्मा र कथा निर्देशक सशान कँडेलकै हो । फिल्ममा अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्रीको सिनेमाटोग्राफी, सुदीप कुँवर मुख्य सहायक निर्देशक र प्रोडक्सन डिजाइनर यम प्रसाद ओली हुन् ।

श्ंकर कोइराला कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा कर्ण कार्की र गोविन्द अधिकारी तथा सह-निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा र लाइन प्रोड्युसर भेषराज गौतम छन् ।

फागुन १६ गतेबाट रिलिज हुने फिल्मको जापान, मध्यपूर्व र मलेसियाका लागि प्रदर्शन अधिकार छायांकन अगावै बिक्री भइसकेको छ । फिल्मको वितरण काफिया फिल्मस् र आरआर फिल्मस्ले मिलेर गर्दैछन् ।


ताजा खबर

No comments to show.