नायक पूर्णविक्रम पल शाहको जन्मदिनको अवसर पारेर अभिनेत्री पूजा शर्मा कारागार पुगेकी छन्। आज पल ३३ वर्ष पुगेका छन् । पूजा र पल मिल्ने साथी हुन्। पलको जन्मदिन दिन पारेर उनलाई भेट्न पूजा तनहुँ कारगार पुगेकी हुन्। पूजासँग निर्देशक शोभित बस्नेत पनि पललाई भेट्न पुगेका छन्।
पललाई जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन्। कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन पललाई अनुमति पनि दिएको छ ।
पलसँग पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’मा स्क्रिन सेयर गरेकी छन्। यी दुईले थुप्रै म्युजिक भिडिओमा पनि सहकार्य गरेका छन्।
करिब एक वर्षअगाडि पल शाह नाबालिग बालात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका हुन्। जिल्ला अदालत, नवलपुर उनलाई बलात्कारको मुद्दामा सफाई दिए पनि बाल यौन दुव्र्यवहारको मुद्दामा साढे २ बर्षको जेल सजायँ सुनाएको थियो । तर, जिल्ला अदालत, तनहुँले भने बलात्कारको मुद्दामा सफाई दिइसकेको छ । पल, सोही फैसला अनुसार सजायँ भोगिरहेका छन् ।