धरौटीमा रिहा भए इकु

कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर रिहा भएका छन् । कलाकार भिसामा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा बुढानीलकण्ठबाट पक्राउ परेका उनी ५ लाख धरौटिमा रिहा भएका हुन् ।

भदौ २६ मा पक्राउ परेका इकुलाई जिल्ला अदालत काठमाडौंले ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो । जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी मेलिश बास्कोटाले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए।

न्यायाधीश खिमानन्द भुषालको इजलासले धरौटीमा छाड्न आदेश दिएपछि उनी १४ असोजमा रिहा भएको बासकोटाले जानकारी दिए । बासकोटाका अनुसार असोज १४ गते बसेको न्यायाधीश खिमानन्‍द भुसालको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

उनले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगीको आरोपमा पक्राउ परेका थिए ।

उनले विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले पक्राउ गरेको थियो ।


ताजा खबर