शुक्रबारबाट रिलिज हुने भनिएको बलिउड फिल्म ‘भुलभुलैया-३’को सेन्सर प्रक्रियामा ढिलाइ भएको छ । दर्शकहरूले फिल्मको अग्रिम टिकट बुकिङ गरीसकेका छन्, तर बुधबार राति ९ बजेसम्म चलचित्र सेन्सर पास भएको छैन ।
शुक्रबार बिहानका शोका लागि टिकट बिक्री भए पनि सेन्सर प्रमाणपत्र नपाएसम्म फिल्म प्रदर्शनमा आउन पाउँदैन। सेन्सर पासका लागि ९ सदस्यीय बोर्डमा कम्तीमा ५ जना उपस्थित हुनुपर्ने प्रावधान रहेको छ । यदि बहुमत सदस्य उपस्थित भएनन् भने ‘भुलभुलैया-३’ले सेन्सर पास नपाउने सम्भावना बढेको छ।
भोलिबाट तिहारको सरकारी बिदा सुरु भएको छ । बिदा सुरु भएकाले यदि ‘भुलभुलैया–३’ सेन्सर तिहार पछि मात्र सम्भव हुनेछ ।
सूत्रका अनुसार सेन्सर बोर्डका बहुमत सदस्य भोलि बिहान उपस्थित भई चलचित्र सेन्सर गर्ने सम्भावना रहेको बताउँछन्। तर, तिहारको सरकारी बिदा भएकाले यदि पर्याप्त सदस्य उपस्थित भएनन् भने ‘भुलभुलैया-३’को सेन्सर पास हुने छैन ।
फिल्मको सेन्सर नहुँदा टिकट किनिसकेका दर्शकको रकम र शो तालिका अन्योलमा पर्ने छ । यस अवस्थामा अग्रिम बुकिङ गरिसकेका दर्शकहरूको टिकटको रकम फिर्ता गरिने वा अन्य शोहरूमा समायोजन गरिने प्रावधान रहनेछ।
फिल्मको सेन्सर प्रक्रियामा ढिलाइ हुँदा हाल प्रदर्शनमा रहेका अन्य फिल्महरूलाई भने केही राहत मिल्नेछ। ‘भुलभुलैया-३’को शो अन्य फिल्महरूलाई हल व्यवस्थापकहरूले पुनः वितरण गर्नेछन्।
अब, सेन्सर बोर्ड सदस्यहरूको उपस्थितिमा नै ‘भुलभुलैया-३’को भाग्य निर्भर छ, र दर्शकले शुक्रबार ‘भुलभुलैया-३’ हेर्न पाउने वा नपाउने कुरा पनि त्यसैमा आधारित छ।