बक्स अफिसमा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को दबदबा कायम रहेकै बेला चलचित्र ‘ह्रस्व दीर्घ’ ले राम्रो कमाई गरिरहेको छ ।
पहिलो साता ५ करोड ५९ लाख कमाई गरेको ‘ह्रस्व दीर्घ’ ले नौं दिनमा ६ करोड ६९ लाख ग्रस कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
गत शुक्रबार रिलिज भएका दुई चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’ले दर्शकलाई आकर्षित गर्न नसकेको फाइदा ‘ह्रस्व दीर्घ’लाई हुने देखिएको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्रमा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ ।
यस चलचित्रको निर्माण लागत ६ करोड रहेको र चलचित्रकी निर्मात्री समेत रहेकी अभिनेत्री निता ढुंगानाले चलचित्र भारतीय ओटीटीमा बेचेपछि आफुहरुको लगानी सुरक्षित भइसकेको जानकारी दिएकी छन् ।