‘होस्टेल ३’ का लेखक माधव शर्मा: सफल पटकथाकारको रूपमा उदाउँदै

काठमाडौं । पटकथा लेखक माधव शर्मा नेपाली चलचित्र उद्योगमा एक उदीयमान नामका रूपमा स्थापित हुँदैछन्। हालै प्रदर्शनमा आएको ‘होस्टेल ३’ को पटकथा तथा संवाद लेखेका शर्माले उक्त चलचित्रको व्यावसायिक र समीक्षात्मक सफलता हासिल गरेका छन्।

कलेज जीवनका उतार-चढाव समेटिएको ‘होस्टेल’ शृङ्खलाको तेस्रो भाग फागुन २३ गतेदेखि प्रदर्शनमा आएको हो। लेखक मात्र नभई एशोसियट निर्देशकका रूपमा समेत काम गरेका शर्माले यसअघि ‘ए मेरो हजुर ४’ र ‘उपहार’ जस्ता चलचित्रमा लेखन टिममा अनुभव बटुलेका थिए।

शर्माका अनुसार चलचित्र सफल बनाउन कथाको शैली निकै महत्वपूर्ण हुन्छ। उनले नयाँ लेखकहरूलाई अध्ययन, व्यवहारिक ज्ञान, चलचित्र हेर्ने बानी र नेपाली भाषा-संस्कृतिमा ध्यान दिन सुझाव दिएका छन्।

सशान कँडेल निर्देशित ‘होस्टेल ३’ मा पारस बम ठकुरी, रिहान गिरी, सिम्रन पन्त लगायत नयाँ कलाकारहरूको अभिनय छ। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी रहेका छन्।


ताजा खबर