‘नाङ्गो गाउँ’को छायांकन सुरु, कार्मसँग रोमान्टिक बनिन् साम्राज्ञी

चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिका बाट सुरु भएको छ ।

दीपेन्द्र लामाको निर्देशनमा बन्ने चलचित्र चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने भएको छ । यति बेला चलचित्रको छायांकनमा मुख्य कलाकारहरू दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन् ।

छायांकन स्थलबाट निर्माणपक्षले उपलब्ध गराएको तस्बिरमा दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ । यस्तै, नायक कार्म नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन् । चलचित्रमा वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यस्तै, फिल्मकी मुख्य नायिका मिरुना मगरको भने दृश्य छायांकन नभइसकेको निर्देशक लामाले जानकारी दिए ।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रलाई हिमाल शर्माले लगानी गरेका हुन् । चलचित्रमा आलोक शुक्लाको छायांकन छ ।

निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो वर्षको सुपर हिट चलचित्र हो । उनले ‘घामपानी, गोपी, छ माया छपक्कै’ लगायतका चलचित्र पनि निर्देशन गरिसकेका छन् । लामाको चलचित्रमा समाजमा देखिएको कुनै एक विषयलाई प्रस्तुत गरिएको हुन्छ ।


ताजा खबर