‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल’को उपाधि सञ्जिला र विजयालाई

दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत नवौं संस्करणको ‘मिस ब्युटीफुल नेपाल’ को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्युटीफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेका छन् ।

प्रतियोगितामा ‘मिस ब्युटीफुल नेपाल’ तर्फ विपना मल्ल ‘फष्ट रनरअप’, इश्वरी हमाल ठकुरी ‘सेकेण्ड रनरअप’ र ‘पब्लिक च्वाईस’, जेलिना भट्टराई ‘मोष्ट पपुलर’ र सञ्जिला तामाङ ‘मोष्ट ट्यालेन्ट’ घोषित भए ।

त्यस्तै ‘मिसेस ब्युटीफुल नेपाल’तर्फ रमिता बज्राचार्य ‘फष्ट रनरअप’, रितु रौनियार ‘सेकेण्ड रनरअप’, विजया अधिकारी ‘पब्लिक च्वाईस’ र ‘मोष्ट पपुलर’ घोषित भए । फिनालेमा दुवै समूहका आठ÷आठ गरी १६ प्रतिष्पर्धी थिए ।

प्रतियोगिताको निर्णायकमा सरोज खनाल, यम बराल, सुनिता दुलाल, मञ्जु थापा, बालकृष्ण पोख्रेल, मनकुमारी पोखे्रल र निलम गुरुङ थिए । कार्यक्रमको अध्यक्षता दक्ष इन्टरनेशनलका प्रमुख एवम् कार्यक्रम संयोजक मेकअप आर्टिष्ट टेकराज पाण्डेले गरेका थिए । कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीलगायतको उपस्थिति थियो ।

रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको कोरियोग्राफर रबिता मगर थिइन् । प्रतियोगिताको इभेन्ट मेनेजर गीता उप्रेती थिइन् ।


ताजा खबर